काठमाडौँ, सोमबार, श्रावण १८
मास्क प्रयोग नगर्ने १००० भन्दा बढीलाई, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एकसय रुपैयाँ जरिवाना तिराएको छ । लक डाउन हटाएपश्चात मास्क प्रयोग नगर्ने व्यक्तिहरूको संख्या अत्यन्तै बढेको कारण संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम, १००० भन्दा बढीलाई जरिवाना लिईएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।
सर्वसाधारणको लापर्वाही कायम नै रहेमा, संक्रमण रोग ऐन २०२० अनुसार कैद समेत गर्न सकिने, काठमाण्डौका साहायक सि डि ओ तुलसीराम पौडेलले जानकारी दिनुभयो । लक डाउन सकिएपनि महामारी यथावत रहेका कारण, सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि बाहिर हिँडडुल गर्ने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने नियम लगाएको छ ।
काठमाण्डौमा हालसम्म कोरोना कारण ३ को मृत्यु भइसकेको छ भने, जम्मा संक्रमित संख्या ४२० पुगिसकेको छ । डिस्चार्ज हुन बाँकीको संख्या ३८७ छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :