विराटनगरमा २१ जना नयाँ कोरोना संक्रमित थपिए ।


बिहीबार विराटनगरमा ११ पुरुष र १० महिला गरी थप २१ जनामा कोरोना संक्रमण पोजिटिभ आएको छ । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २०२ पुगेको छ । यसैगरी, मोरङमा नयाँ संक्रमित व्यक्तिको सङ्ख्या २० रहेको छ । प्रदेश १ मा जम्मा ६६ नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार, निम्न स्थानमा संक्रमित थपिएका हुन् :

१. विराटनगर - २१
२. बेलबारी - २
३. रंगेलीमा - १
४. धरान - १४
५. इटहरी - ५
६. ईलाम - १५
७. मेचीनगर झापा - ८

श्रोत : सामाजिक विकास मन्त्रालय, प्रदेश १

योसँगै, प्रदेश १ मा संक्रमित हुनेको संख्या १२५५ पुगिसकेको छ । आजै प्रदेश १ बाट १८ जना डिस्चार्ज भएका छन् जसमध्ये, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना रहेका छन् । झापाका ९ जना, मोरङका ६ जना, सुनसरीका १ जना र पाँचथरका १ जना गरी १८ जना डिस्चार्ज भएका हुन् ।

यो सँगै प्रदेश १ बाट डिस्चार्ज कोरोना जित्नेको संख्या, ९०५ पुगेको छ । आज ५४ जनामा भएको पी सि आर परीक्षणबाट १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार