हल्ला मात्र फैलियो; कुलमानको नियुक्तिबारे निर्णय भएको छैन : ऊर्जामन्त्री


प्रकाशित: भाद्र ९, मङ्गलबार, काठमाडौं ।


ऊर्जामन्त्री वर्षमान पुनका अनुसार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाईनै निरन्तरता दिने विषयमा कुनै पनि निर्णय भएको छैन । उनका अनुसार मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लागिसकेको छैन ।

विभिन्न सञ्चार माध्यम लगायत सामाजिक सञ्जालमा कुलमान पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा अर्को एक कार्यकालका लागि नियुक्त भएको हल्ला फैलिरहेकै बेला ऊर्जामन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताएका हुन् ।

मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक रहेको भएतापनि यस सम्बन्धमा एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ ।

.

प्रतिक्रीया दिनुहोस :

2 Comments

आफ्नो प्रतिक्रिया दिनुहोस् :

  1. निर्णय भकाे छैन भने गर्नु पर्याे नि त मन्त्री ज्यु।।

    ReplyDelete
  2. Yesma halla garnu parnae k xa ra kura.... Kulman lai नियुक्ति garda bhai halxa ni...लोकतन्त्र xa bhane janta ko sunnu paryo ni...

    ReplyDelete

Post a comment

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार