कुलमानको महानता; भन्छन् मैले एक्लै लोडसेडिङ्ग हटाएको होइन ।



प्रकाशित: भदौ ११, बिहीबार ,काठमाडौँ
नेपाली जनता को मन जित्न सफल भएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुल्मान घिसिङ को ४ वर्षे कार्यकाल पूरा हुन लागेको छ। अरबौं घाटा बेहोर्दै आएका नेपाल विद्युत प्राधिकरण कुलमानको कार्यकालमा नाफामा परिणत भएको छ भने १८ घण्टासम्म लोडसेडिङको समस्या भोग्दै आएका नेपालीहरु आज लोडसेडिङको समस्याबाट मुक्त भएका छन्। 

जलस्रोतमा संसारकै दोस्रो धनी देश नेपालमा बर्सौंदेखि लोडसेडिङको समस्या रहेको थियो।

विगतका वर्षमा कुलमान घिसिङले आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङ मुक्त गर्न सफल भएका छन भने नेपाल विद्युत प्राधिकरणलाई नाफामूलक संस्थाको रुपमा स्थापना गरेका छन । घिसिङको यस्तो कार्यले नेपाली जनताको मन जितेको हुनाले नेपालीहरु पुनः लोडसेडिङको समस्या भोग्नु नपरोस् भन्दै घिसिङलाई नै पूनः नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशकमा नियुक्त गर्न विभिन्न सञ्चारमाध्यम सामाजिक सन्जल मार्फत समर्थन जनाइदै आएको छ।

तर घिसिङलाई आफ्नो कार्यमा कति पनि घमण्ड छैन। आफ्नो महानता देखाउँदै सफलतामा घमण्ड नगर्दै, उनले नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीती तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएको उल्लेख गरेका छन् । 


लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन,’ भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार साँझ एक विज्ञप्ति निकालेका छन ।


उनले आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सामाजिक सञ्जालमा सम्प्रेषण नगरिदिनु आग्रह गर्दै उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


विभिन्न संचार माध्यम,सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुनज्यूलाई जोडेर बिगत केही दिनदेखि सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार