सधैँ मिति मात्र सार्ने ? ; हवाई सेवा संचालक संघ ।


देश, श्रावण २८, बुधबार

सरकारले पूर्वघोषित मिति भदौ १ गतेदेखि हवाई उडान तथा लामो र छोटो दुरीका यातायात सुचारु गर्ने भनेर भने पनि सो मितिलाई सोमबार जारी गरिएको प्रेस ब्रिफिङमा भदौ १५ गते सम्मका लागि हवाई उडान, लामो र छोटो दुरीका यातायात का साथै शैक्षिक संस्थाहरु बन्द रहने भनेको थियो । 

लक डाउन बढ्दै गरेका कारण र कोरोना संक्रमण बढ्दै गरेका कारण सरकारले यस्तो निर्णय गरेको थियो । तर यसबाट यातायात व्यवसायी, होटल व्यवसायीहरु निकै मर्कामा परेको र पाँच महिनादेखि व्यवसाय ठप्प रहँदा कम्पनी चलाउन गाह्रो भइसकेको हवाई व्यवसायीहरूले बताएका छन् ।

हवाई व्यवसायी संघले बताएअनुसार उनीहरु नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य निर्देशिका अपनाएर मात्र सेवा सञ्चालन गर्न लागेका थिए । उनीहरुका अनुसार विकल्प नखोज्ने तर सरकारले सधै गरे सेवा बन्द गर्ने र कडाइ गर्ने काममात्र गरिरहेका कारण पर्यटन व्यवसाय, हवाई व्यवसाय लगायत अन्य व्यवसायी मार्कामा परिरहेका छन् । 

व्यवसायीका अनुसार उनीहरु सरकारको निर्णय मान्न तयार छन् तर भदौ १६ पश्चात हवाई उडान खोल्ने कुनै ग्यारेण्टी सरकारले नदिएसम्म, अन्योलता कायमनै रहने हो, र यसो भएका व्यवसायीहरूले आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

भदौ १ गतेपछि हवाई उडान सञ्चालन हुने भनिएका कारण चितवन र पोखराका लागि आकर्षक टुर प्याकेज सार्वजनिक गरेको कम्पनी बुद्ध एयरले सरकारको पछिल्लो निर्णयसँगै सम्बन्धित यात्रुले आफ्नो पैसा कम्पनीमार्फत लिन सक्ने कुरा वेवसाइट मा राखेको छ । प्राय सबै हवाई सेवा संचालकहरू रिफन्ड र रिसेडुल का लागि तयारी गरिरहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार