सन्दिपको सिपिएल टि-२० यात्रा :बने इतिहासकै सातौँ किफायती बलर




प्रकाशित: भदौ ७,आईतबार। 

२०१८ देखि तेश्रो सिजन करेबियन प्रिमियर लिग खेलीरहेका सन्दिप सिपिएल इतिहासकै सातौँ सबैभन्दा किफायती बलर बनेका छन्। गायना बिरुद्ध खेल अघि सिपिएलको ११ औं किफायती बलर रहेका सन्दिप ४ स्थानले उकालो लागेका हुन्।


सन्दिपले सिपिएलमा कुल १४ खेल खेल्ने क्रममा ४८.५ ओभर बलिंग गर्दै २ मेडन ओभरको साथ कुल २९६ रन खर्चका छन्। यस क्रममा उनले १९ विकेट लिन ६.०६ को इकोनोमि रेटले बलिंग गरेका छन्।


सिपिएल इतिहासमा सबैभन्दा किफायती बलिंग गर्ने बलर सुनिल नारायण हुन्। नारायणले २०१३ देखि २०२० सम्म ८ संस्करण खेल्ने क्रममा ७३ खेलमा बलिंग गर्दै २८७.१ ओभरमा ११ मेडन ओभरका साथ १,५७९ रन खर्चिएका छन्। ५.४९ को इकोनोमिले बलिंग गर्दै उनले कुल ७५ विकेट लिएका छन्।


सन्दिप भन्दा थोरै दयानियल भिटोरीले ५.८५, शदाब खानले ५.८८, इमाद वासिमले ५.९३, इमरान ताहिरले ५.९४ तथा मोहम्मद हफिजले ६.०२ को इकोनोमि रेटले सिपिएल इतिहासमा बलिंग गरेका छन्। राशिद खान सन्दिप भन्दा १ स्थान पछि रहेका छन् जसले ६.१३ को इकोनोमिले बलिंग गरेका छन्।




श्रोत : विकेट नेपाल

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial