भारतीय अभिनेता संजय दत्त आइसीयूमा भर्ना


एजेन्सी, श्रावण  २५, आइतबार

सिकिस्त बिरामी परेपछि भारतीय अभिनेता सञ्जय दत्तलाई मुम्बईस्थित लिलावती अस्पतालको आइसीयूमा भर्ना गरिएको छ ।

६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएकोमा उनलाई आइसीयूमा सारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत महिना मात्र कोरोना संक्रमणबाट मुक्त भएका दत्तको अस्पताल भर्ना गरिएलगत्तै गरिएको कोभिड -१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

उनको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ । उनलाई आइसीयूको गैर कोभिड वार्डमा राखिएको छ । अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार