कोरोनाको संक्रमण हो कि रुघामर्कि, कसरी थाहा पाउने ? सबैले जानिराखौँ |


Corona-vs-cold
प्रकाशित: भदौ ८ सोमबार, स्वास्थ्य 

अहिलेको मौसम परिवर्तनको समयमा मानिसहरुलाइ मौसमी रुघाखोकीले सताउन थालेको छ। संसारभरी कोरोनाको सन्त्रास बढिरहेका बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोनानै होकि भनेर आशंका गर्ने र त्रसित हुने गरेका छन् । मानिसहरु त्रसित भएतापनि कोरोना भाइरस र मौसमी रुघाखोकी, विभिन्न लक्षणको आधारमा छुट्याउन सकिने कुरा जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउनुहुन्छ। डा. पाण्डेका अनुसार कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ। रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री नजिक हुने, प्राय: २ देखि ७ दिनमा निको हुने हुन्छ। तर कोरोना संक्रमणमा लक्षणहरु अलि भिन्न हुन्छन । तल उल्लेखित लक्षण देखिएमा अस्पताल गएर जांच गराउनु आवस्यक हुन्छ।

कोरोना संक्रमणका लक्षणहरु यस प्रकारका हुन्छन :

१.पहिलो चरण : ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ) , सुख्खा तथा लहरे खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने,  घांटी बस्ने, थकाइ लाग्ने आदि ।

२.दोश्रो चरण: आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने, पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने, श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य रोगले च्याप्दै जाने आदि ।

३. तेस्रो चरण:  सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने, धेरै छाती दुख्ने, उठ्न निकै गाह्रो हुने, कुराहरु विर्षने, कन्फ्युज हुने, बेहोश हुने आदि ।

जब तपाइँलाइ चिसो लागेको या रुघा मर्की भएको बेलामा अप्ठ्यारो महसुस गर्नुहुन्छ, आफुलाई कोरोनानै लाग्यो कि भन्ने आशंकाले आत्तिनु हुन्छ । फ्लु, कोरोना भाइरस जस्ता बढी आक्रामक भाइरसहरूको तुलनामा रुघा मर्कीका लक्षणहरू सामान्यतया हल्का हुन्छन्। 

चिसोले यी तलका कुनै पनि वा सबै लक्षणहरू निम्त्याउन सक्छ:

  • नाक बग्ने र भारि हुने 
  • खोकी (हल्का)
  • थकान (कहिलेकाँही)
  • छींक/ हाँछिउ आउने 
  • आँखाबाट पानि बग्ने 
  • घाँटी दुख्ने 
  • टाउको दुख्ने (विरलै)
  • सरिरमा हलुका दुखाइ र पीडा हुने 

धेरै भन्दा बढि काउन्टर औषधीहरूले चिसोका लक्षणहरूमा उत्तम प्रभाव गर्दछ। सामान्य चिसो औसत २ देखि ७ दिनसम्म रहने गर्छ । अधिकांश लक्षणहरू वास्तवमा संक्रमण आफैंले पैदा भएको होइन, बरु हाम्रो शरीरको प्रतिरक्षा प्रणालीबाट हुने गर्दछ । रुघा मर्किका भाइरसहरू, यदि हामी धैर्य रह्यौं र हाम्रो शरीरहरूलाई उनीहरूसँग लड्न समय दियौं भने हट्दछ । तपाईको सरिरको प्रतिरक्षा प्रणाली सामान्य रुघमर्की र चिसो बिरुद्ध सब भन्दा ठूलो रक्षा हो।

कृपया आफूले पढिसकेपछी अन्य सबैको जानकारीका लागि सक्दो सेयर गर्नुहोला ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial