भारतमा कोरोना संक्रमितको संख्या २७ लाख नाघ्यो ।



प्रकाशित‌: भदौ २ , मङ्गलबार 
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ लाख कटेको छ । भारतमा संक्रमितहरूको संख्या २७,०२,७४३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ५५,०७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना भाइरस का कारण मृत्यु हुनेको संख्या ५१,७९७ पुगेको छ । कोरोना भाइरस का कारण मृत्यु हुनेको सङ्ख्या ८७६ रहेको छ भने कुल संख्याको १९,७७,७८० संक्रमित ले कोरोना परास्त गरी डिस्चार्ज भइसकेका छन् । सबैभन्दा बढी कोरोना भाइरस प्रभावित हुने देश हरु मध्ये, भारत तेस्रो गणनामा रहेको छ । अमेरिका र ब्राजिल क्रमशः पहिलो र तेस्रो प्रभावित मुलुकहरूमा पर्दछन् । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार