आरती स्ट्रिप्स वरपर कडाई |


aarati-strips
मोरङ
 , श्रावण २६, सोमबार
 
मोरङको बुढीगंगा १ मा रहेको आरती स्ट्रिप्स उद्योगमा कार्यरत २२ जना भन्दा बढी मजदुरहरुमा कोरोना संक्रमण देखिएका कारण आरती स्ट्रिप्स उद्योग रहेको क्षेत्रलाई कडाइ गर्ने निर्णय गरिएको छ ।

पुष्पलाल चोक पश्चिम मा रहेको कोशी राजमार्ग, उत्तरमा टंकिसिनवारी, र दक्षिणमा महानगरपालिकाको ढाट क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि आवतजावतमा पूर्ण निषेध गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार उद्योगमा कार्यरत २२ जनाभन्दा धेरै मजदुरहरुमा कोरोनाको संक्रमण देखिएपछि उद्योग सिल गर्नुपर्ने अवस्था आएको र वरपरका क्षेत्रहरुमा सावधानि अपनाउनुपर्ने अवस्था आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्योगलाई निर्मलीकरण गर्ने प्रक्रिया अघि बढाइसकेको छ । उहाँका अनुसार संक्रमितको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेस गरी पी सि आर परीक्षणको दायरा बढाइने छ। साथै समितिको निर्णयलाई अवज्ञा गरी जथाभावी हिँडेको पाइएमा कारबाही अगाडि बढाइने जानकारी उहाँले दिनुभयो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार