विराटनगरमा थप २२ संक्रमित, एउटै वडाका ११ जना ।


covid-19-news
विराटनगर, श्रावण २५, आईतबार


विराटनगरमा वडा नं ९ का ११ जनामा कोरोना संक्रमण देखिएको छ । यसरी एउटै वडाका ११ जना नयाँ संक्रमित थपिएका, विराटनगरको पहिलो घटना हो ।

शनिबार आएको पछिल्लो पी सि आर रिपोर्ट अनुसार, विराटनगर ९ का ११ जना, विराटनगर १५ का १ जना , १४ नंबर वडाका २ जना, १२ का एक जना, १० का २ जना, ६ का १ जना , वडा नं ३ का २ जना र वडा नखुलेका १ जना संक्रमित थपिएका हुन् ।

यो सँगै, नयाँ संक्रमितको संख्या २२ रहेको छ । २२ जना नयाँ कोरोनका बिरामी थपिएसँगै, विराटनगरमा संक्रमितको संख्या २७८ पुगेको विराटनगर महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख, रमेश कार्कीले बताउनुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार