विराटनगर पछि काठमाडौंमा पनि अब संक्रमितको लागि होटल आइसोलेसन ।


प्रकाशित: भदौ १५, सोमबार, काठमाडौँ ।
उपत्यकामा संक्रमितको संख्या दैनिक ४ सय भन्दा बढी थपिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होटलहरुलाई  आइसोलेसन सेन्टर बनाउने तयारीमा लागेको छ।

यसअघि विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली को पहलमा होटललाई आइसोलेसन सेन्टरको रुपमा प्रयोगमा ल्याइएको थियो।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम का अनुसार स्वास्थ्य सेवा विभागले उपत्यकाभित्रका होटललाई आइसोलेसन बनाउन सूचीकृत गरिने भएको छ भने मन्त्रालयले तोकेका आइसोलेसन केन्द्रहरुमा बेड अभाव भएमा होटल प्रयोग गरिनेछ ।

यसरी नै हरेक प्रदेशको समाजिक विकास मन्त्रालय मार्फत आइसोलेसनका लागि होटल चयनको निर्णय भएको र होटल आइसोलेसन सम्बन्धि छुट्टै निर्देशिका जारी गर्ने उनले बताए।

विभागले संक्रमितलाई राख्‍ने व्यवस्था गर्न लागेको होटल आइसोलेसनलाई प्रतिव्यक्ति दुई हजार रुपैयाँ भुक्तानी गर्ने भएको छ भने संक्रमित व्यक्तिहरु आफ्‍नै खर्चमा विभागले व्यवस्था गरेको होटल वा अन्य होटलमा बस्न चाहेमा स्वीकृती दिइनेछ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार