धनगढी,भाद्र ३,२०७७।
सुदूरपश्चिम प्रदेश सरकारले भदौ ७ गते सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिएको हो।
प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेकोमा बिदा सम्बन्धि सूचना प्रदेश राजपत्रमा प्रकाशन भईसकेको छ।
अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :