विराटनगर, श्रावण २६, सोमबार
आइतबार साँझ कोशी अस्पतालको कोविड-१९ प्रयोगशालामा गरिएको परीक्षण अनुसार मोरङ जिल्ला अदालतका एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।
न्यायाधीश सहित अन्य चार जना कर्मचारीको पनि पी सि आर परीक्षण गरिएको थियो जसमध्ये अन्य चार जना कर्मचारीको परिणाम नेगेटिभ आएको थियो । अदालतका न्यायाधीशमा कोरोना संक्रमण देखिएका कारण आज सोमबारदेखि तीनदिनसम्म का लागि अदालतका सेवाहरु बन्द गरिएको छ ।
मोरङ जिल्ला अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार तीन दिनभित्रमा अदालतलाई निर्मलिकरण गरिनेछ साथै अदालतका कर्मचारीहरूको कन्ट्याक्ट ट्रेस गरि कोरोना परीक्षण गर्नका लागि महानगरलाई आग्रह गरिनेछ । अदालत बन्द भएसँगै सम्पूर्ण सेवाहरु लगायत सुनुवाई पनि स्थगित भएको छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :