मन्दिरमा भन्दा सडकमा भिड



विराटनगर , श्रावण १९ , सोमबार 
विराटनगरका मन्दिरहरुमा  भिडभाड कम देखिएको छ । आज रक्षा बन्धन, जनै पुर्णिमा, का साथै श्रावणको सोमबार समेत परेको तर अघिल्ला श्रावण सोम्बारहरुको  तुलनामा बिराटनगरका मठ मन्दिरहरुमा भिडभाड कम देखिएको छ । राजबंशी चोक नजिक रहेको शिवालय , पुष्पलाल चोक नजिक रहेको पन्चेस्वर महादेव को मन्दिर, मेन रोडमा रहेको बिराटेश्वर शिव मन्दिर लगायत अन्य मन्दिरहरुमा आज धर्मलवम्बिहरुको भिड कम देखिएको छ ।

आज बिहान मन्दिर आएका सिमित भक्तालुहरु मध्ये धेरैजसोले मास्क प्रयोग गरेको देख्न पाइयो तर महानगरले लक् डाउन घोसणा गरेपश्चात मास्क को अनिवार्य प्रयोग भनेकोमा , सबैले त्यसो गरेको पाइएन । मन्दिरका पुजारी (गुरु) ले पनि मास्क को प्रयोग गरेको देखियो, तर सर्वसाधारणहरुमा अझै पनि मास्कको प्रयोग बारे पर्याप्त ज्ञान नभएको पाइएको छ ।

कुनै पनिं सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गरिएको  छ तर यसको कार्यान्व्यन बिराटनगर लगायत अन्य स्थानहरुमा कम देखिन्छ । यसैगरी बिराटनगरका सडकहरुमा आज भिड बाक्लिएको छ । जनै फेर्न जाने, आफन्तसंग भेटघाट गर्न जाने, राखी बाँध्न जानेहरुको भीडका कारणले राजमार्ग तथा मेन रोड व्यस्त छन् । सर्वसाधारण मा जनचेतना कम भएर हो या बेवास्ता बढेर हो, यस्ता कार्यले महामारी फैलाउन सघाउ पुर्याउन सक्छ । प्रशाशन र प्रहरीको मात्र दायित्व नभएर लक् डाउनको पुर्ण पालना गर्नु हामि सबै नगरवासी को कर्तव्य हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार