कोशी अस्पतालमा अर्का बिरामीको मृत्यु, कोरोना परीक्षण हुन बाँकी ।


Koshi-hospital
विराटनगर, श्रावण २०, मङ्गलबार

कोरोना संक्रमण को आशंका गरिएका एकजना ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिलाई केही दिन देखि जन्डिसको समस्या देखिएको थियो । अस्पतालका अनुसार, मृत्यु हुने व्यक्ति उदयपुर निवासी हुन । 

१०४ डिग्री ज्वरो आएपछि उनलाई टंकी चोक को विराट टिचिङ अस्पतालम भर्ना गर्न खोजिएको थियो, तर स्वाब सङ्कलन गरी पी सि आर परीक्षण नगरीकन उपचार गर्न नमिल्ने भनी भर्ना गर्न मान्य गरेको थिएन । त्यसपछि उनलाई कोशी अस्पताल विराटनगर ल्याइएको थियो, तर कोशी अस्पतालको आइसोलेसन वार्ड मा राख्न नपाउँदै उनको सोमबार रातिनै १ बजेतिर मृत्यु भएको थियो ।

अस्पतालका अनुसार, उनको ट्राभल हिस्ट्री नभएको बुझिएको छ । उनको स्वाब सङ्कलन गरी पी सि आर टेस्ट गर्न बाँकी रहेको छ । कोरोना संक्रमण हो या होइन भन्ने कुरा पुष्टी भएपछि मात्र शव व्यवस्थापन गरिने कुराको जानकारी प्राप्त भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार