बेलायतको लेटरबक्समा फेला परेको महात्मा गान्धीको चस्मा लिलाम भएको छ । पछिल्लो महिना, एक लिलामी घरका कर्मचारीहरूले कम्पनीको लेटरबक्समा खाममा राखिएको चश्मा फेला पारे, त्यसपछि उनीहरुले शुक्रबार लिलामी तोके । एजेन्सीका अनुसार महात्मा गान्धीको उक्त चश्मा केहि मिनेट को बोली पछि बेचेका थिए। त्यो पनि लगभग २० गुणा अनुमानित बोलीमा ।
ईस्ट ब्रिस्टल नीलामी कम्पनीका प्रमुख र लिलामी एन्ड्र्यू स्टोले चश्माका लागि १५,००० पाउण्ड (करिब २२ लाख रूपैयाँ ) बोल्ने अनुमान गरेका थिए। यद्यपि, ६ मिनेटमा नै चस्माको लिलाम गरियो। त्यो पनि २ लाख ६० हजार ब्रिटिश पाउन्ड ( करिब ३.२ करोड रूपैयाँ ) को लागी । एन्ड्र्यूका अनुसार यो उनको कम्पनीको लिलामी रेकर्ड हो। महात्मा गान्धीको उक्त चश्मा कसले किन्नुभयो भनेर खुलाइएको छैन। यद्यपि यो भनिएको छ कि एक अमेरिकी कलेक्टरले फोन मार्फत बिड दिए र आफ्नो नाममा चस्मा हात पारे ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :