प्रकाशित: भदौ ७ आइतवार, डोटी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । मुख्यमन्त्रीको सरकारी निवासको गाडी चलाउदै आएका चालकमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री भट्ट सेल्फ क्वारेन्टिनमा बसेका हुन्।
भदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाको उद्घाटनका लागि डोटी पुगेका मुख्यमन्त्री भट्टसंगै उनको परिवारका सदस्यहरु पनि गएका थिए ।
परिवारका सदस्यहरुलाई बोकेको गाडीका चालकमा कोरोना संक्रमण देखिएको हो ।
मुख्यमन्त्री र मुख्यमन्त्रीका परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब संकलनको तयारी भइरहेको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :