वार्ता मिलेपछि विपी प्रतिष्ठानका नर्स पुन: काममा






सुनसरी,भाद्र ३,२०७७। 

धरानमा अवस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागका नर्स र व्यवस्थापन पक्षबीच बुधबार सहमति भएको छ । सहमतिपछि नर्सहरु काममा फर्केको प्रतिष्ठानले जनाएको छ । 


कोरोना महामारीको बेला प्रसूति विभागमा कार्यरत नर्सहरुले सामान्य सर्जिकल माक्स र ग्लोव्स समेत नपाएको भन्दै आन्दोलनमा उत्रिएका थिए । प्रतिष्ठान प्रशासनले नर्सहरुलाई सुरक्षा सामग्रीहरु मास्क, ग्लोव्स र जोखिम अनुसार भत्ता सुविधा दिने सहमतिपछि नर्सहरु काममा फर्किएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा निदेश सापकोटाले जानकारी दिनुभयो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार