बिराटनगरमा भूमिगत केवल जडान गर्नु उपयुक्त


Wires-in-biratnagar

विराटनगर, श्रावण १५ , सोमबार 

खर्चका हिसाबले पनि भूमिगत केवल ओभरहेड लाइन भन्दा सस्तो पर्न जान्छ । अण्डरग्राउण्ड वाइरिङ्गले  विद्युत चुम्बकीय विकिरण बाट हामीलाई जोगाउने काम गर्दछ । 

विराटनगर महानगरमा सडक खण्डमा भएको विकास चित्तबुझ्दो नै छ तर नगर भित्रका प्रसारण लाइनहरु भने जथाभावी रूपमा बेरिएका पाइन्छन । टेलिकम , इन्टरनेट , केवल टिभी र विधुतिय तारहरु यसरि टाँगीएका छन् कि तिनलाई हेर्दा कुनै कठिन किसिमको  तक्निकी मेसिन जस्तो लाग्छ । सहरको सुन्दरतालाइ नै यसले बिगारेको होकी जस्ता लाग्ने यस्ता किसिमका तारको संजाल लाइ व्यवस्थित गर्न महानगरले अब प्रयास गर्नुपर्छ होला ।

भारत का बिभिन्न सहर हरु लगायत बिदेशी मुलुकरुमा अण्डरग्राउण्ड वाइरिङ्ग को व्यवस्था भैसकेको अहिले को युग मा, महानगरपालिका घोसित भैसकेको क्षेत्रमा यस्तो किसिमको वाइरिङ्ग प्रणाली पटक्कै सुहाउने हैन । विराटनगर मात्र नभएर काठमाडौँ , धरान , पोखरा लगायतका नेपालका अन्य विकशित सहरहरुमा समेत यस्तै किसिमको संजाल देख्न पाइन्छ । अहिले विराटनगरका सडकहरु धमाधम विस्तार भई , कालोपत्रे भैरहेको अवस्थामै तारहरुको यस्तो संजाललाई पनि व्यवस्थित गर्न सके, भविष्यमा सहरको अनुहार निकै लोभलाग्दो हुनेगरी फेरिन सक्छ ।

अण्डरग्राउण्ड वाइरिङ्ग प्रणाली अथवा भूमिगत केबलहरूमा कन्डक्टर चोरी, अवैध जडान, तोडफोड, र सशस्त्र द्वन्द्वबाट क्षतिको कम खतरा छ। भूमिगत लाइनहरू गाड्नाले फुटपाथमा ठूला रूखहरूको लागि ठाउँ बन्दछ , रूखहरूले वातावरणीय लाभ र सार्वजनिक सम्पत्तिहरूको मूल्य बृद्धि गर्दछ। साथै चक्रवात / हावाहुरी , तूफान, चट्याङ्ग, आगजनी , प्रतिकुल मौसम आदि बाट हुने जोखिम समेत कम हुन्छ । अण्डरग्राउण्ड पावर लाइनहरूले वनस्पति-देखि-कन्डक्टर, कन्डक्टर-देखि-कन्डक्टर, वा कन्डक्टर-टू-ग्राउन्ड सम्पर्कबाट हुने उच्च जोखिम पनि कम गर्छ । 

यसका साथै वरपरको क्षेत्रमा इलेक्ट्रोमैग्नेटिक क्षेत्र उत्सर्जनको कम दायरा हुन्छ जसले गर्दा व्यक्तिको मानशिक र शारीरिक अवस्था अझ सुध्रिड हुन्छ । यसले हाम्रो स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्दछ । अण्डरग्राउण्ड वाइरिङ्गले  विद्युत चुम्बकीय विकिरण बाट हामीलाई जोगाउने काम गर्दछ । भूमिगत केबलहरूले कम उडानमा उडान गर्ने विमान वा वन्यजन्तुलाई कुनै खतरा हुँदैन।

खर्चका हिसाबले पनि भूमिगत केवल ओभरहेड लाइन भन्दा सस्तो पर्न जान्छ । भूमिगत केबुललाई स्थापना गर्न करीव १-१० मिटरको संकुचित पट्टी चाहिन्छ, जबकि एक ओभरहेड लाइनलाई करिब २०-२०० मिटर चौंडाको वरपरको पट्टी सुरक्षाको लागि स्थायी रूपमा स्पष्ट राख्न आवश्यक पर्दछ। 

सम्पादकीय 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार