अब थप ५ प्रतिशत ' बुढो कर ' पनि लाग्ने ।


प्रकाशित: भाद्र ८, सोमबार, काठमाडौं

सरकारले १४ वर्षभन्दा पुराना निजी तथा सरकारी सवारी साधनहरुमा बुढो कर लगाउने भएको छ । सवारीसाधनहरु खरिद गरिसकेपछि तिनीहरूको आयु उत्पादन मितिदेखि २० वर्ष हुने तोकिएको अवस्थामा सो भन्दा पुराना सवारी साधन समेत चलिरहेको देखिन्छ । यस्ता किसिमका पुराना सवारी साधनहरुलाई पत्रु गर्नुपर्ने हुन्छ । 

यस किसिमका पुराना सवारी साधनहरुले वातावरण प्रदूषण गर्ने र प्रतिकूल असर गर्ने देखिएको छ । सोही कारणले सरकारले यस किसिमको कर को व्यवस्था गर्न लागेको हो । अब १४ वर्षभन्दा पुराना कार र मोटसाइकल चढ्नेले थप ५ प्रतिशत बुढो कर तिर्नुपर्ने भएको छ । 

वातावरणमा हुने वायु प्रदुषणलाई नियन्त्रण गर्नका लागि बुढो कर तिराउन सरकार बाध्य भएको हो । कार तथा मोटरसाइकल दुवैमा त्यस्तो अतिरिक्त शुल्क लिने व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मै व्यवस्था गरिएको छ तर निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनको हकमा आयु नतोकिएको कारण निजी सवारी दर्ता भएको १४ वर्ष कटेपछि सरकारले वार्षिक करमा ५ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै आएको छ । 

यस किसिमको नियम सरकारले अहिले पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ । अब कुनैपनि मार्गमा ट्राफिक प्रहरीले ब्लु बुक जाँच गर्दा आफ्नो सवारी साधन १४ वर्ष कटे नकटेको पनि चेक जाँच हुनेछ । सोही अनुसार अतिरिक्त ५ प्रतिशत बुढो कर लाग्ने या नलाग्ने बारेमा जानकारी दिइनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार