विराटनगरमा ५० जना थप कोरोना संक्रमित, प्रदेश १ मा ९८


विराटनगर, श्रावण २७, मङ्गलबार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९८ जना नयाँ काेरोनका बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा विराटनगरमा मात्रै ५० जना नयाँ बिरामी थपिएका हुन् । मङ्गलबार बिहान २३ जनामा संक्रमण पुष्टी भइसकेको थियो र दिउँसो थप २७ जना थपिएका हुन । यो तथ्याङ्क, विराटनगरमा हालसम्मकै सबैभन्दा बढी हो । 

सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार ६४ जना पुरुष र ३४ जना महिला गरी आज मंगलवार प्रदेश १ मा ९८ जना कोरोना संक्रमित थपिएका हुन् ।


नयाँ कोरोना संक्रमित थपिए सँगै प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या १,५६३ पुगेको छ । मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम मा १ र ताप्लेजुङमा १ जनामा संक्रमण पुष्टी भएको छ । मोरङको बुढीगंगा गाउँपालिकामा १० जना पुरुष, बेलबारीमा १ जना पुरुष, सुनसरीको दुहबीमा ५ पुरुष र दुई महिला, धरानमा २ महिला र दुई पुरुष, देवाङन्जमा ३ पुरुष, हरिनगर मा १ पुरुष र स्थान नखुलेका २ जनामा संक्रमण पुष्टी भएको छ । 


यसैगरी, झापाको मेचीनगर १ जना पुरुष र एक महिला, इलामको सूर्योदय मा १ पुरुष, ताप्लेजुङको फुङलिङमा १ पुरुष को रिपोर्ट पोजिटिभ रहेको छ । त्यस्तै, उदयपुरमा वेलका मा ४ जना पुरुष र तीन महिला, त्रियुगामा ३ जना महिला र ५ जना पुरुषमा संक्रमण पुष्टी भएको छ । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार