काठमाडौंमा कोरोनाको सन्त्रास, सरकारी सेवाहरू बन्द


Kathmandu
काठमाडौं, श्रावण २७, मङ्गलबार

काठमाडौँ उपत्यकामा कोरोनाको सन्त्रास बढेका कारण सबै सरकारी सेवाहरू छ भएका छन् । सरकारले गरेका कोरोना रोकथामका सम्पूर्ण प्रयासहरु निरर्थक रहेका कारण राजधानीमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ ।


काठमाडौंमा कोरोनाका कारण अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ । उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १,१७९ पुगिसकेको छ । काठमाडौंमा ७ जना र ललितपुरमा दुई जना गरी जम्मा ९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ तर संक्रमण भने कम भएको छैन । हिजो सोमबार मात्रै काठमाडौँ उपत्यकाभित्र दुईजनाको कोरोना कै कारण ज्यान गइसकेको छ ।


काठमाडौँ उपत्यकाभित्र कोरोना रोकथाम र नियन्त्रणकालागि विभिन्न नगरपालिका र महानगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सरकारी सेवाहरू बन्द गरेका छन् । काठमाडौँ भक्तपुर र ललितपुर मा यसअघिनै सम्पूर्ण सेवाहरु बन्द गरिसकेका छन् । 


हिजो सोमबार सार्वजनिक गरेको सूचनाअनुसार २ महानगर र १६ वटा नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सबै सरकारी सेवा ३ हप्ताका लागि बन्द गरेका छन् । काठमाडौँ महानगरपालिकाभित्र रहेको मेयर संगठन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार