बेलबारीमा दुइ समुह बीच झडप, खुकुरी प्रहारबाट एकको मृत्यु ।



प्रकाशित: भाद्र १३, शनिवार, बेलबारी ।
मोरङको बेलबारी ५ मा अवस्थित कसेनिको लोहन्द्रा पुलमा भएको स्थानीयहरुबिचको झडपमा परी शुक्रबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्। घाइतेहरूको विराटनगर अस्पतालमा उपचार भइरहेको जानकारी जी.प्र.का मोरङका डी.एस.पी मानबहादुर राईले दिनुभएको हो ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न अन्य ३ जना फरार रहेका छन् । उक्त झडपमा परी घाइते भएका ४० बर्षीय चन्द्र कुमार राईको विराट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार सो झडपमा मादकपदार्थ सेवन गरी खुकुरी प्रहार भएको थियो । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार