चितवनमा माछापोखरी वरपर घेरिएको तारमा परि करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ । त्यहाँका स्थानीय व्यवसायीले भरतपुर ८ सल्यानी टोलमा सञ्चालन गर्दै गरेको माछापोखरीमा माछा चोरीका घटना दिनहुँ बढेपछि रातको समयमा उक्त तारमा करेन्ट छोडिने गरिएको थियो ।
मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका–८ बस्ने अन्दाजी ३५ वर्षीय नवराज दराई र अन्दाजी ३५ वर्षकै निर बहादुर रानामगर रहेका छन् । मृतकहरूको साथमा माछा मार्ने जाल पनि भेटिएका कारण उनीहरुमा छाचो नआएको हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शवको मुचुल्का उठाउने काम भइरहेको र शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइने छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :