पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरू एयरपोर्टबाटै सिधै घर जान पाउने ।


प्रकाशित: भदौँ ९, मङ्गलबार, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका छन् ।

सरकारले विभिन्‍न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्‍वारेन्टाइनमा ७ दिन राख्‍ने निर्णय गरेको थियो ।

उद्धारको नाममा चार्टर उडानलाई अनुमति दिएर चर्को भाडा असुल गरेको, र अरबौको भ्रष्टाचार भएको भनी मन्त्रीको आलोचना भएको थियो।

यसैगरी महङ्गो रकम तिरेर आफ्नै खर्चमा अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णयले विदेशबाट आउने कामदारहरु मारमा परेका थिए। 


सबैतिर सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु एयरपोर्टबाट सिघै घर जान पाउने स्पष्ट पारेका हुन् ।कोरोना संक्रमणको दर कम भएका र 

पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने मन्त्री भट्टराईले बताए ।

पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ । अर्को देशबाट आएर क्‍वारेन्टाइनमा बस्दा व्यक्तिले नै खर्च बेहाेर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उनले यदि एक कोठामा २ जना बस्ने हो भने ११ हजारमा ७ रात र ८ दिनको र सिंगल बस्ने हो भने १७ हजार ५ सयमाहोटल क्‍वारेन्टाइनमा बस्न सकिने बताए ।

जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने ।त्यसका लागि भदौ १६ (सेप्टेम्बर १) बाट नियमित उडानहरु खोल्ने तयारी भएको छ।

पीसीआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ । र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता सहित घर जान दिइन्छ । पीसीआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने उनले बताए ।

मन्त्रीका अनुसार विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिनेछ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार