छापी सकियो सबै स्मार्ट लाइसेन्स


Smart-license-Nepal
प्रकाशित: भदौ ४, बिहिबार, काठमाडौं


लगभग ४ बर्ष देखी को स्मार्ट लाइसेन्सको छपाई, र वितरण  समस्या अब समप्त हुने भएको छ । 

प्रक्रिया पुरा गरेका स्मार्ट लाइसेन्सको छपाइ सकिएको छ । लकडाउनका कारण नयाँ लाइसेन्स जारी गर्ने क्रम लगभग रोकिएपछि विभागले पुरा लाइसेन्सको छपाइ सकेको हो ।

कोरोना माहामरी को कारण भएको लकडाउन मा चाप घटेको ले छपाई को काम सकिएको छ भने अब पुराना लाइसेन्स छाप्न बााकी छैन ।

गत वर्ष इटालीबाट विभागले ल्याएको मास पि्रन्टरको मदतले जुलाई महिनासम्म लाइसेन्स कार्यालयहरुले नयाँ जारी गर्ने र नवीकरण गर्ने गरी विभागमा छाप्न पठाएका सबै स्मार्ट लाइसेन्सको छपाइ सकिएको हो ।

विभागका प्रवक्ता तीर्थराज खनालका अनुसार अब प्रक्रिया पुरा गरेपछि चालकहरुलाई एक महिनामै लाइसेन्स दिन सकिनेछ । कागजी प्रक्रिया पुरा भएर आउने लाइसेन्स छापेर हुलाकमार्फत सम्बन्धित प्रदेशमा पठाउनुपर्ने भएकाले एक महिनाको समय लाग्ने अवस्था विद्यमान रहेको उनले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार