इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध "गाँजा" बरामद गरेको छ । भारततिर कटाउन लागेको अवस्थामा प्रहरीले मोरङको जहदाबाट शनिबार बिहान १४ किलो गाँजा नियन्त्रणमा लिएको हो।
को १८ प २६१९ नेपाली र बीआर ३८ आर ९४४० नम्बरको भारतीय मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा जहदा गाउँपालिका–३ हात्तीबन्दाबाट गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । झोलामा प्याक गरेर दुईवटा मोटरसाइकलमा हालेर भारत तिर लैजाँदै गरेको अवस्थामा गाँजा तस्करी भने प्रहरी आएको देखेपछि मोटरसाइकल र गाँजा त्यहीँ छाडेर खेतैखेत भागेका उनले बताए। गाँजा तस्करीमा संलग्नको खोजी जारि छ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :