इण्डियन निउज च्यानलहरु नेपालमा पुनः सुचारु हुन थाले ।


प्रकाशित : भदौ ४ , बिहिबार 
नेपालमा बन्द गरिएका भारतीय समाचार च्यानलहरु पुनः प्रशारण हुन थालेका छन् । नेपालका केबल टेलिभिजन अपरेटरहरूले सीमा विवादमा छिमेकीहरू बीचको तनाव बढेकोले देशका प्रधानमन्त्रीको बारेमा "आपत्तिजनक" रिपोर्ट गरेकोमा भारतीय न्यूज च्यानलहरू निलम्बन गरेका थिए ।

मे महिनामा भारतले लिपु लेख पासको लागि नयाँ सडक खोलिदिएदेखि दुइ देश बिचको सम्बन्ध धमिलो भएको थियो । एक भारतीय  च्यानलले चीनको राजदूत र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्धको विषयमा आपत्तिजनक, विवादाश्पद र पत्रकारिताको मर्यादा विपरित समाचार प्रशारण गरेपश्चात माहोल अझ बिग्रिएको थियो र देशका सम्पूर्ण च्यानल प्रदायक हरुले भरातीय निउज च्यानल बन्द गरेका थिए । 

"हाम्रो देशको बारेमा आपत्तिजनक सामग्री प्रसारित गरेपछि हामीले च्यानलहरू ब्लक गर्नु नैतिक जिम्मेवारी महसुस गर्‍यौं," म्याक्स डिजिटल टिभीका उपाध्यक्ष धुरबा शर्माले बताएका थिए ।

डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले दर्शकहरूको गुनासो पश्चात भारतीय समाचार च्यानलहरु बन्द गरिएको बताएका थिए ।त्यस्तै, अर्थ मन्त्री युवराज खतिवडाले उक्त प्रसारणलाइ  "चरित्र हत्या" को संघ्या दिदै निन्दा गरेका थिए। "हामी हाम्रो छिमेकी देश लगायत सबै मिडियालाई हाम्रो देशको छवि बिगार्ने समाचार प्रसारण नगर्न अनुरोध गर्दछौं," उनले प्रेसवार्तामा भनेका थिए ।

तर हिजो बुधबारबाट भारतीय समाचार च्यानलहरु पुनः नेपालमा प्रशारण हुन थालेका छन् । बन्द गरिएका सम्पुर्ण च्यानलहरु आज तक , ए बि पी निउज , जी निउज , इन्डिया टुडे लगायत अन्य सबै च्यानल हरु पुनः प्रशारण हुन थालेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार