काठमाण्डु, श्रावण २७, मङ्गलबार
अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरे लाई कोरोना संक्रमण पुष्टि भएको छ । घिमिरेलाई आज मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । यो तथ्याङ्क सहित अख्तियारमा कोरोना भाइरस बाट संक्रमित हुने कर्मचारीको संख्या ५० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले औपचारिक रूपमा संवैधानिक निकायका व्यक्तिलाई सङ्क्रमण भएको जानकारी दिएको हो । केही दिनअगाडि घिमिरेका सवारी चालक र प्रहरी सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
संवैधानिक निकायका अन्य कर्मचारीहरूको स्वाब परीक्षण गर्न पठाइएको छ । अन्य कैयौं कर्मचारीहरूको पी सि आर परीक्षण रिपोर्ट आउन बाँकी नै छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :