जंगलमा शव व्यवस्थापन ।


Kanepokhari-forest
विराटनगर, श्रावण २०, मङ्गलबार

कोशी अस्पतालमा कोरोना का कारण मृत्यु भएका ७७ वर्षीय व्यक्तिको शव आजै सेना परिचालन गरी कानेपोखरी को जंगलमा व्यवस्थापन गरिएको छ । मृतककी श्रीमतीलाई भने कोरोना नेगेटिभ आएको छ । होम क्वारेन्टाइन मा बस्नका लागि उनलाई कोशी अस्पताल ले उनकै निवास पठाएको छ । 

७७ वर्षीय वृद्धको सोमबार नै मृत्यु भएता पनि, आज मङ्गलबार मात्र उनको शव व्यवस्थापन गरिएको हो । उनको शव व्यवस्थापनका लागि सेनाको शव व्यवस्थापन टोली परिचालन गरिएको हो । 

टोली आउन ढिलाइ भएका कारण आज मङ्गलबार मात्र उनको शव मोरङको कानेपोखरी जंगल मा लगि व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी अस्पताल प्रशासनले दिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार