आदर्श मा. वि. विराटनगरमा भर्चुअल अभिभावक भेला सम्पन्न , अभिभावकहरुले गरे खुलेर प्रशंशा ।


प्रकाशित: भदौ ४, बिहिबार 

कार्यक्रम मा समाजिक विकास मन्त्रालयका शाखा अधिकृत वलराम पराजुलीले आदर्श विद्यालयले विराटनगर भरीकै सर्वाेत्कृष्ठ अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाइ कार्यक्रम संचालन गरेकाेमा प्रशंसा गर्नुका साथै विद्यार्थीकाे प्रगति विवरण सम्वन्धमा प्रकाश पार्दै अन्तरक्रियात्मक भर्चुअल कक्षा हुनुपर्नेमा जाेड दिनु भयाे ।

आज मिति २०७७ साल भाद्र ४ गते आदर्श माध्यमिक विद्यालयले आफ्ना विद्यायलयक अभिभावक संग काेराेना भाइरस  र यसले पारेकाे प्रभाव र विद्यालयले संचालन गरेकाे वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप का सम्बन्धमा भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।

विहान ७ वजे शुरु भएकाे उक्त कार्यक्रम २ समुहमा बाँडेर संचालन गरिएको थियाे। कक्षा ६ देखि १० सम्मका अभिभावक लाई लक्षित गरेर संचालन गरिएकाे उक्त कार्यक्रम काे अध्यक्षता विद्यालयका प्रधानाध्यापक तुलसी प्रसाद दुलालले गर्नु भएकाे थियाे । कार्यक्रम मा समाजिक विकास मन्त्रालयका शाखा अधिकृत वलराम पराजुलीले आदर्श विद्यालयले विराटनगर भरीकै सर्वाेत्कृष्ठ अनलाइन कक्षा लगायतका वैकल्पिक सिकाइ कार्यक्रम संचालन गरेकाेमा प्रशंसा गर्नुका साथै विद्यार्थी काे प्रगति विवरण सम्वन्धमा प्रकाश पार्दै अन्तरक्रियात्मक भर्चुअल कक्षा हुनुपर्नेमा जाेड दिनु भयाे ।

यसै गरि विद्यालयकाे कार्यक्रममा सहभागी जनाउनुहुने ४०० भन्दा वढी अभिभावककाे प्रतिनिधित्व गर्दै अभिभावकहरु क्रमश: लाल वहादुर अधिकारी, चन्द्रमणी लुइटेल, पवन कुमार कर्ण, दुर्गाप्रसाद ढकाल, नरेश कुमार साह, श्यम कुमार खड्का, महेन्द्र खड्का, विजय पंडित, राधे कामत, संजय केशरी, सुमन सापकाेटा, कञ्चन ठाकुर, सन्ताेष पाेख्रेल, दिलिप ठाकुर, नितु यादव, चन्द्रशेखर सिन्हा, विरेन्द्र साह, मनाेज रजक लगायतले यस्ताे संकटकाे घडीमा पनि विद्यालयका शिक्षकहरुले गर्नुभएकाे कार्यकाे मुक्तकण्ठले प्रशंसा गर्दै विद्यालयवाट संचालित अनलाइन कक्षाहरु अझ बढी क्रियाकलापमुखि हुनुपर्ने , सिर्जनात्मक कार्यहरु गर्न विद्यार्थी हरुलाइ उत्प्रेरित गर्नु पर्ने, परियाेजना कार्यलाई अभिभावक शिक्षकसंग पनि जाेडिने गरि दिनुपर्ने, मुल्यांकन का विधीहरुलाइ अझ शसक्त वनाउनु पर्ने, अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागित वढाउने उपायकाे खाेजी गर्नु पर्ने जस्ता विषयमा प्रकाश पार्नुभयाे । 

यश अवसरमा अधिकांस अभिभावककाे चिन्ता शैक्षिक सत्र के हुने भन्ने विषयमा रहेकाे थियाे । विद्यालयले संचालन गरेकाे यश कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति का सदस्य भगवती दाहालले विद्यालयमा अनलाइन कक्षा लिन वाँकी रहेका र पहुच नभएका विद्यार्थीहरुका लागि पनि के गर्न सकिन्छ भनेर प्रयाश भैरहेकाे वताउनु भयाे भने शिक्षक अभिभावक संघका अध्यक्ष वावुकाजी थापाले विद्यालयकाे हालकाे प्रयासकाे प्रशंसा गर्दै यस्ता कार्यक्रम हरुलाई अझ शशक्त वनाउनु पर्ने कुरामा जाेड दिनु भयाे । 

विद्यालयका सवै शिक्षकहरु सहभागी यस कार्यक्रम काे संचालन सहायक प्रधानाध्यापक सन्ताेष पाेख्रेल र शिक्षक इन्द्र चाैहान ले गर्नु भएकाे थियाे भने शिक्षकरु लिलाकान्त वन्जरा ,प्रवेश दुलाल र दमन पाेख्रेलले कार्यक्रम काे समन्वय गर्नु भएकाे थियाे। यस अवसरमा विद्यालयकाे गतिविधी र चुनाैतीका वारेमा तथा कार्यक्रम मा उठेका प्रश्न हरुकाे वारेमा सहायक प्रधानाध्यापक भगिरथ पाेख्रेल र प्रधानाध्यापक तुलसी प्रसाद दुलालले प्रष्ट पार्नु भएकाे थियाे ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार