भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख अख्तियारको फन्दामा ।



प्रकाशित: भदौ १४, आइतबार, बाँके ।
प्रदेश ५ अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण व्यवसायीबाट घुस लिएको रकमसहित नियन्त्रणमा लिएको छ। 

बुटवलस्थित प्रदेश ५ भौतिक पूर्वाधार विकास मन्त्रालयको गेटबाटै अर्यालको ६६-१-०७६१ नम्बरको गाडीबाट नगद ५ लाख ३० हजार रुपैयाँ साहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख डा. भिष्म भुसालले जानकारी दिए।

प्रमुख डा. भुसालका अनुसार अर्याललाई विभिन्न आयोजनाका निर्माण व्यवसायीबाट घुस लिएको रकमसहित पक्राउ गरेको हो र थप अनुसन्धान भइरहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार