विश्वभरि कोरोना संक्रमित हुनेको संख्या दुइ करोड माथि ।


corona-world

विश्व , श्रावण २६, सोमबार 

पछिल्लो २४ घण्टामा २,१२,११४ नयाँ कोरोना संक्रमित थपिए सँगै विश्वमा संक्रमितको संख्या २ करोड ९ हजार ६३ पुगेको छ। त्यस्तै कोरोना कै कारण ज्यान गुमाउनेहरूको संख्या ७ लाख ३३ हजार ३६१ पुगेको छ। विश्वभरीबाट कोरोना लाई परास्त गर्नेहरूको संख्या १ करोड २८ लाख ८७ हजार १७६ रहेको छ।

पछिल्लो २४ घण्टामा ४,५५१ जनाको कोरोना कै कारण मृत्यु भइसकेको छ । उपचारमा रहेका ६३ लाख ८८ हजार ५ सय २६ जना मध्ये ६४ हजार ९२२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ। कोरोनाको सबैभन्दा बढी प्रभाव रहेको अमेरिकामा एकैदिन ४७,८१६ नयाँ बिरामी थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ५१ लाख ९९ हजार ४११ पुगेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार नाघिसकेको छ भने डिस्चार्ज हुनेको संख्या २६ लाख ६४ हजार ६१२ रहेको छ ।

कोरोनाबाट प्रभावित हुने मध्येको दोस्रो ठूलो देश ब्राजिलमा ३० लाख ३५ हजार ५८२ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १ लाख १ हजार १ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै, भारतमा संक्रमितको संख्या २१ लाख, ५३ हजार १० पुगेको छ भने, रुसमा ८ लाख सतासी हजार ५३६ पुगेको छ । दक्षिण अफ्रिकमा ५,५३,१८८ संक्रमित रहेका छन् भने मेक्सिकोमा ४,६९,४०७ रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार