वीरगंज महानगरका मेयर पितृशोकमा ,कोरोना निको भएको १३ दिनपछि मृत्यु ।


चिरञ्जीवीलाल सरावगी

प्रकाशित: भदौ १५, सोमबार, वीरगंज ।
७७ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीका पिता तथा व्यवसायी चिरञ्जीवीलाल सरावगीको राति १२:०५ बजे निधन भएको छ।

सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीका अनुसार मुटु र मृगौलाको रोगी पिताको अचानक स्वास्थमा समस्या आएपछि अतिसघन कक्षमा राखेर उपचारको क्रम मा मृत्यु भएको हो ।

वि.सं. २००० सालमा जन्मेको चिरञ्जीवीलाल सरावगी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नर लगायत धेरै सामाजिक संघ संस्थामा आवद्ध रही काम गरिसकेका थिए।

गत श्रावण २२ गते उनमा कोरोना संक्रमण देखिएपछि वीरगंजबाट काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो भने भदौ २ गते उनी संक्रमणबाट मुक्त भएका थिए

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार