किसानहरु सडकमा दूध पोख्न बाध्य; निषेधाज्ञा कहिलेसम्म ?



प्रकाशित: भाद्र १३, शनिबार, काठमाडौँ ।
भक्तपुरको सूर्यविनायकमा सडकमा दूध फ्याकिएको छ । निषेधाज्ञाका कारण दूध बेच्न नपाएपछि सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालक सुभमाय श्रेष्ठको डेरीले सडकमा दूध फ्याँकेको हो।

जिल्ला प्रहरी कार्यालय भक्तपुरले दिएको जानकारी अनुसार किसानबाट संकलन गरेको दूध बिक्री गर्न नपाएपछि सडकमा दूध खान्याइएको हो । भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान सवा नौ बजेसम्म मात्रै दूध तथा खाद्य पसल सञ्चालन गर्न पाइन्छ । त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाईने भएकाले दूध जन्य पदार्थको संकलन र बिक्री प्रभावित भएको छ । 

नेपाल डेरी एसोसिएसनका अनुसार लक डाउन र निषेधाज्ञाका कारण गाई पालक किसानहरु अत्यन्तै प्रभावित भएका छन् । एसोसिएसनका अनुसार सामान्य अवस्थामा उपत्यकामा सात लाख लिटरभन्दा बढी दूध खपत हुने गरेकोमा अहिले निषेधाज्ञाका कारण ३ लाख लिटरभन्दा कम दूध मात्रै खपत हुने गरेको छ । 


यसरी लगभग ६० प्रतिशतले दुधको बिक्रीमा कमी आउनु भनेको कृषकहरुको चपेटामा पर्नु हो । बिहान धेरै समयसम्म दुत बिक्री गर्न दिने हो भने प्रहरीले धरपकड गर्ने भएका कारणले उपभोक्ताहरु पसलमा गएर दुध किन डराउने गरेका छन् । विगत चार महिना लामो लक डाउन का कारण कृषि जन्य पदार्थ विक्रीवितरण गर्न उपत्यकामा मात्र नभएर देशैभरि अत्यन्तै प्रभावित बनेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार