काठमाडौँ उपत्यका भित्र रहेका तीनवटै जिल्ला प्रशासनले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका छन् । आज बुधवार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकको निर्णय ले काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा जारी गर्ने भएको हो । ललितपुरका प्र.जि.अ नारायणप्रसाद भट्टका अनुसार यो निषेधाज्ञा लक डाउन भन्दा एकदमै कडा हुन्छ र लक डाउन जस्तो सम्झाई बुझाई मात्र गर्ने होइन सिधै कारवाही गरिने हुन्छ ।
निषेधाज्ञाको समय भरी निजी तथा सार्वजनिक सवारी साधनहरु समेत चलाउन पाइने छैन तर अत्यावश्यक सामग्री ,स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन भने चलाउन पाइने छ । यसैगरी औषधी, इन्धन, तरकारी, विद्युत, दुध, सूचना तथा संचार, भन्सार, फोहरमैला व्यवस्थापन, मृत्युसंस्कार, आदिका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन हुनमा रोक लगाइएको छैन ।
अत्यावश्यक बाहेक निषेध गरिएका सवारीसाधनहरु चलाउन पाइने छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम प्रसाद ढकालका अनुसार निषेधाज्ञाको कार्यान्वयन कडाईका साथ गराइनेछ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :