काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । शाक्य आफ्नो श्रीमतीसँग ग्राण्डी अस्पतालमा पी सि आर परीक्षणका लागि गएका थिए । परीक्षण गर्दा उनको रिपोर्टमा कोरोना पोजिटिभ आएको छ भने उनकी श्रीमतीको रिपोर्टमा नेगेटिभ आएको छ ।
उनलाई कुनैपनि किसिमको कोरोना भाइरस संक्रमणको लक्षण भने देखिएको छैन । अहिले उनी होम आइसोलेशन मा बसिरहेका छन् भन्ने जानकारी श्रोतले दिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य देखिएको छ ।
उनकी श्रीमती लाई ज्वरो आएका कारण ग्राण्डी अस्पतालमा जाँच गराउन जाँदा श्वाव पनि संकलन गराएका थिए । शाक्यकी श्रीमतीको रिपोर्ट नेगेटिभ आएको र उनको रिपोर्ट पोजिटिभ आएको भनी अस्पतालले खबर गरेको थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :