अब भारतीयले नेपालमा आएर काम गर्न नपाइने ।


देश, श्रावण २७, मङ्गलबार

सीमावर्ती जिल्लाहरुमा कोरोना संक्रमण अत्याधिक तिव्र गतिमा फैलिँदै आएका कारण संघीय सरकारले भारतीय मजदुरहरुलाई नेपाल आएर काम गर्न निषेध गर्ने भएको छ । 


कोरोना संक्रमण बढीरहेका बेला सीमा क्षेत्रहरुमा अत्याधिक आवतजावत बढेका कारण कोरोना संक्रमण तीव्र रूपले बढेको तथ्याङ्कका आधारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।


भारतसँग सिमाना जोडिएका जिल्लाहरूमा दिनानुदिन संक्रमण तीव्र रूपले बढ्दै आएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि हिजो बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार