विराट नर्सिङ्ग होममा आकस्मिक सेवा सञ्चालन ।


Birat nuraing home
विराटनगर, श्रावण २०, मङ्गलबार


श्रावण ८ गते सिल गरिएको विराट नर्सिङ होममा आकस्मिक सेवा सञ्चालन सुरु भएको छ । अस्पतालका डा . ज्ञानेन्द्र कर्किलाई संक्रमण पुष्टी भएपछि, अस्पताल सिल गरी संपूर्ण कर्मचारी र चिकित्सकको श्वाव सङ्कलन गरिएको थियो । 

अस्पताल लाई पूर्ण रूपमा निर्मलीकरण गरी, परीक्षण मा कोरोना पोजिटिभ आएका बाहेकका कर्मचारी र स्वास्थ्यकर्मी हरु मात्र अस्पतालमा खटाइएको जानकारी छ । 

अस्पतालका सबै सेवा सुचारु गर्न योग्य बनाइएको भएतापनि, कोशी साखाको नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्तिलाई सम्मान गरी, आकस्मिक सेवा मात्र सञ्चालन मा ल्याइएको जानकारी प्राप्त भएको छ । विराट अस्पताल सिल भएको लगभग २ साता पश्चात सञ्चालनमा आएको हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार