सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालको मोरङ शाखा गठन



प्रकाशित: भदौ १४, आइतबार ।
मोरङ जिल्लामा श्री आदर्श माध्यमिक विद्यालय विराटनगर मोरङका सामाजिक विषयका शिक्षक श्री सन्तोष पोख्रेलको अध्यक्षतामा सामाजिक अध्ययन तथा अनुसन्धान समाज नेपालको मोरङ शाखा गठन भएको छ । आज भएको सामाजिक अध्ययन विषय शिक्षण गर्ने शिक्षकहरुको भर्चुअल भेलाले समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा लिला निरौला सचिवमा झंक प्रसाद पराजुली र कोषाध्यक्षमा नर्वदा अधिकारी रहनुभएको छ । यसैगरी सदस्यहरुमा क्रमशः सञ्चलाल लिम्वु , श्याम शाह, चुडामणी गौतम, विनोद घिमिरे र नरोत्तम श्रेष्ठ रहनु भएको छ । शाखाको सल्लाहकारमा सामाजिक विषयका विज्ञ शिक्षकहरु क्रमशः अशोक लुइटेल, महेश गौतम, पद्यमा रेग्मी, शुशिल चौधरी, किशोर पोख्रेल र वावुकाजी थापा रहनु भएको छ ।

राष्ट्रको लागि आवश्यक असल नागरिक तयार पार्न आवश्यक सक्षम शिक्षककोरूपमा सामाजिक अध्ययन विषयका शिक्षकलाई विकास गर्न, सामाजिक अध्ययन विषयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन र विषयगत समस्याहरूको सामूहिक प्रयासबाट समाधान समेत गर्न यो समाजको गठन गरिएको हो । विद्यालय तहमा शिक्षण गरिने सामाजिक अध्ययन विषय शिक्षणमा संलग्न अध्यापकहरू तथा यसको विकास र प्रवद्र्धनमा संलग्न विज्ञहरूको साझा मञ्चको स्थापना र सञ्चालन गर्ने उद्देश्यले यो संस्था स्थापना भएको वताइएको छ ।

विराट महेन्द्ररात्री मा.वि का सामाजिक शिक्षक पद्यमा रेग्मी को सभापतित्वमा भएको अनलाइन भेलामा शुभकामना दिदै केन्द्रिय अध्यक्ष श्री महेन्द्र बिष्टले सामाजिक अध्ययन विषयकोशिक्षण सिकाइलाई प्रभावकारी बनाउन, यस विषयको विकास र प्रवद्र्धन गर्नुका साथै यसका बारेमा अध्ययन अनुसन्धान गरी यसको विकासमा समेत मद्धत पुग्ने हेतुले यो समाजको गठन भएको वताउनु भएको छ । 

कार्यक्रममा शुभकामना दिदै ने शिक्षक संघ जिल्ला कार्यसमितिका अध्यक्ष शिवराज कोइरालाले अव शिक्षकहरुले सुचना प्रविधिको प्रयोगका माध्यमवाट आफ्नो विज्ञता आदान प्रदान गर्न यस प्रकारको संगठन कोशेढुङ्गा हुने वताउनु भएको थियो । यसैगरी नेपाल शिक्षक महासंघका जिल्ला सचिव अशोक कुमार लुइटेलले सामाजिक विषय ले समाज संग सम्बन्धीत सवै खालका परिवर्तनलाई आत्मसाथ गर्ने भएकोले समाज परिवर्तनका लागि सवै सामाजिक शिक्षकहरुको अझ वढी महत्वपुर्ण जिम्मेवारी रहेको कुरामा जोड दिनुभयो । 

उक्त अवसरमा वोल्दै केन्द्रीय वरिष्ठ उपाध्यक्ष ध्रुवराज थापाले विद्यालय तहमा अध्ययनरत बालबालिकाहरूलाई असल नागरिकको रुपमा विकास गर्नका निम्ति सामाजिक अध्ययन विषयमा निम्न तह देखि उच्च तह सम्म विषयगत स्तरता कायम गर्न र अध्ययन अध्यापनमा देखा परेका विषयगत समस्या समाधान गर्न यो संस्था क्रियाशील बन्न जरुरी रहेको वताउनु भयो । 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख दिर्घध्वज चापागाई, सामाजिक अध्ययन तथा अनुसन्धान समाजकाकेन्द्रीय महासचिव ज्ञानबहादुर अधिकारी, कोषाध्यक्ष इन्दिरा ढकाल, प्रधानाध्यापक हरु तुलसी दुलाल ,टंक सिटौला लगायतको उपस्थीती रहनुका साथैसामाजिक विषयका विज्ञ शिक्षकहरु क्रमशः वावुकाजी थापा, किशोर पोख्रेल लगायत ले वोल्नु भएको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार