जुनसुकै अस्पताललाई पनि कोरोना डेडिकेटेड बनाउन सक्ने, विरोध गर्नेलाई कारबाही ।


प्रकाशित भदौ ६ काठमाडौँ 
कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने अस्पतालहरुमा बेड को अभाव भइरहेको अवस्था छ। यो अवस्थामा सरकारले आवश्यकता अनुसार जुनसुकै अस्पताललाई कोरोना संक्रमितको मात्रै उपचारमा लगाउन सक्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निजी, सहकारी, सरकारी, सामुदायिक जुनसुकै प्रकारका अस्पताल कोरोना डेडिकेटेड बनाउने निर्णय गरेको हो । सरकारले आवश्यकताअनुसार कुनै पनि अस्पताललाई कोभिड उपचारका लागि मात्रै भनेर तोक्न सक्छ,’ सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले भने, ‘त्यसमा कसैले विरोध गरे कानुनअनुसार कारबाही गर्छौं ।’

सामुदायिक, निजी अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई समेत प्रयोगमा ल्याई थप आइसोलेसन शय्या प्रबन्ध गर्ने र आवश्यकता अनुसार थप व्यवस्था गर्दै जाने निर्णय लिइएको मन्त्री खतिवडाले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार