विराटनगरमा ११ सहित, प्रदेश १ मा ४३ कोरोना संक्रमित थपिए


Biratnagar-corona
विराटनगर, श्रावण २०, सोमबार


विराटनगरमा थप ११ जना कोरोना संक्रमित थपिएका छन । विराटनगरका ११, मोरङ्ग का २० सहित प्रदेश १ मा ४३ संक्रमित थपिएका हुन् । कोशी अञ्चल अस्पताल का कर्मचारीसहित विराटनगरमा थप ११ जनाको कोरोना संक्रमण पुष्टी भएको छ ।

४ जना महिला र ७ जना पुरुष सहित, विराटनगरमा ११ जनामा कोरोना पोजिटिभ देखिएको हो । यसैगरी, बुढीगंगा का १ महिला र ३ पुरुष, लेटाङ्ग मा २ जना पुरुष, केराबारीमा पनि २ जना पुरुष, उर्लाबारीमा १ जना पुरुषमा संक्रमण पुष्टी भए सँगै, मोरङमा संक्रमित हुनेको संख्या २० पुगेको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार, मङ्गलबार कोरोना संक्रमित हुनेको संख्या प्रदेश १ मा ४३ रहेको छ । मोरङ्ग मा १५ पुरुष र ५ महिला गरी, २० जना संक्रमित पुगेका छन् । 

संक्रमित हुने मध्ये, विराटनगर ७ बस्ने २५ वर्षीय महिला, विराटनगर ८ बस्ने ३० वर्षीय महिला, विराटनगर ११ बस्ने ४१ वर्षीय पुरुष र उनका ९ वर्षीय छोरा, विराटनगर १३ बस्ने ३२ वर्षीय महिला र विराटनगर १४ बस्ने एकजना पुरुष रहेका छन् ।

यसैगरी, झापामा ८ जना पुरुषमा संक्रमण पुष्टी भएको छ , सुनसरी को दुहबीमा ४ जना, धरानमा ४ जना ,इटहरीमा ४ जना र इनरुवामा १ जनामा संक्रमण पुष्टी भएको छ । यो तथ्याङ्क सहित, प्रदेश १ मा आजसम्म संक्रमित हुनेको जम्मा संख्या १,१७१ पुगिसकेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार