विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा अवस्थित रहेपनि अहिलेसम्म नेपालले अरूनै देशले गरेको मापनलाई मान्दै आएको थियो । सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलका अनुसार उचाइ नाप्ने काम सकिएको र नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको बताए ।
नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ । उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ । चीनका तर्फबाट पनि मापनको काम भइरहेको र चीनसँग संयुक्त रूपमा घोषणा गर्ने सहमतिले गर्दा केही समय ढिला हुनु सक्ने उनले बताए । १ सय ७० वर्षअघि पहिलो पटक संसारकै अग्लो शिखरको उचाइ मापन गरिएको थियो । ब्रिटिस सर्भे अफ इन्डियाले सन् १८४९ मा ८,८४०.५० मिटर उचाइ निर्धारण गरेको थियो । तर, त्यति बेला पुरानो प्रविधि प्रयोग भएको थियो ।
इतिहासकार बाबुराम आचार्यले संसारको अग्लो शिखरको नाम सगरमाथा राखेका हुन् । इस्ट इन्डिया कम्पनीका डाइरेक्टर जनरल इन्जिनियर जर्ज एभरेस्टले सन् १९४९ देखि १९५२ सम्म लगाएर सगरमाथाको उचाइ मापन गरे । उनै जर्ज एभरेस्टका नाममा विश्वभर सगरमाथाको नाम माउन्ट एभरेस्ट रहन गएको हो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :