सम्पादकीय, श्रावण २५, आईतबार
राष्ट्रिय परीक्षा बोर्डले कोरोनाभाइरस महामारीको डरले, ग्रेड ११ को परीक्षा आयोजित गर्ने सरकारको निर्णयको प्रतीक्षा गर्न स्कूलहरूलाई अधिसूचित गरेको छ । बोर्डले सबै स्वास्थ्य प्रोटोकलहरूको साथसाथै परीक्षाको लागि व्यवस्था गरेको भए पनि बोर्डले अब स्कूलहरूलाई परीक्षा तत्कालै नगर्न आग्रह गरेको छ।
यस्तो अवस्थामा विद्यार्थीहरू कहिले सम्म अन्योल मा रहने भन्ने कुरा अनिश्चित छ । कोरोना कहिले उत्कर्षमा पुगेर, समाप्त हुँदै जान्छ भन्ने कुरा अन्योल भएको स्थितिमा, कक्षा ११ लगायत १२, स्नातक, स्नाकोत्तर र प्राविधिक धारका परीक्षाहरु पनि अन्योल मै रहेका छन् ।
यसका साथै, इस ई ई को नतिजा पनि कोरोना कै कारण पछाडी धकेलिएको छ । अघिल्लो हप्ता नै सार्वजनिक गर्ने संपूर्ण तयारी भएको भनिएतापनि, अहिलेसम्म कुनै टुंगो लागेको छैन । अन्य तहका विद्यार्थीहरुको पनि आन्तरिक मूल्यांकनलाई आधार मानी परीक्षा नतिजा प्रकाशन गर्ने र अनलाइन लगायत अन्य माध्यम बाट पठन पाठन सुचारु गर्ने हो कि ?
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :