उपत्यकामा पक्राउ परेका ८० डेलिभरीब्वाई शर्त सहित रिहा ।



प्रकाशित :भदौ १२, शुक्रबार, काठमाडौँ ।

संक्रमणको जोखिम बढ्दै गएपछि काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ। एक साताका लागि जारि गरिएको निषेधाज्ञा उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमण नियन्त्रण नभएपछि भदौ ११ गतेदेखि लागू हुने गरी पुनः एकसाता निषेधाज्ञा थप गरेको छ ।

तर, निषेधाज्ञा उल्लघंन गर्दै अनलाइनको माध्यमबाट प्रचार गरेर होम डेलिभरी सेवामार्फत व्यवसाय जारी राखेको पाइएको छ। संक्रमणको जोखिम बढाएको भन्दै प्रहरीले बिहीबार दिउँसो आधा दर्जन सञ्चालकसहित ८० जना डेलीभरी तथा टेकअवे सेवाका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका ८० जनालाई सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । 

ज्ञवालीका अनुसार भोलिदेखि निषेधाज्ञा अवधिभर सेवा नगर्ने सर्तमा छोडिएको छ।

प्रहरीले धरपकड गरेपछि होम डेलिभरी सेवा बन्द भएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार