विद्यालयमा छात्रावृत्ती वितरणको तयारी थालिरहेको बेला शनिबार बिहान सिन्धुलको तीनपाटन गाउँपालिका-८ बाहुनतिल्पुङको भिमसेन निमाविका प्राधानाध्यापक नारायण भण्डारी अपहरणमा परेका थिए । प्रतिबन्धित नेत्र विक्रम चन्द समूहको अपहरणमा परेको प्रअ भण्डारी छात्रवृत्तीको रकमका लागि अपहरण गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।
अपहरणमा परेको हल्ला हुनासाथ गाउँलेहरु एकत्रित भइ स्थानीय महभीरको जंगलबाट प्रअ भण्डारीलाई अपहरण मुक्त गराएका हुन् । चन्द समूहका एक दर्जनको हाराहारीमा रहेपनि सयौं गाउँलेहरुले घेरेर अपहरण मुक्त गराएका थिए ।
अपहरणको हल्ला हुनासाथ परिचालित प्रहरीले चन्द समूहकी एक महिलालाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । ती महिलाको साथबाट सकेट बम बनाउने सामाग्री समेत बरामद भएको प्रजिअ पाण्डेले बताए ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :