रुसले बनाएको कोरोना खोप माथि विश्व स्वास्थ्य संगठनको अविश्वास को प्रश्न ।


विराटनगर, श्रावण २७, बुधबार

रुसले बनाएको कोरोना विरुद्धको खोप माथि विश्व स्वास्थ्य संगठनले अविश्वासको प्रश्न उठाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उसले दिएको मापदण्ड पूरा गरेर मात्र खोप तयार पार्नुपर्ने हो । तर कोरोनाको खोप तयार गरेको भनेको रुसले परिक्षण गरेका कुनैपनि नतिजाहरु सार्वजनिक गरेको छैन ।

परिक्षण नतिजा सार्वजनिक नगरिकन विश्व स्वास्थ्य संगठनले के का आधारमा मूल्याङ्कन गरेर मान्यता दिने भन्ने प्रश्न उठाएको छ । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खोपले परीक्षणका सबै तह पार गरिसकेको दाबी गर्दै आफु र आफ्ना छोरीमाथि खोपको प्रयोग भइसकेको बताउनुभएको छ । साथै, अबको दुई महिना भित्र मानिसहरूलाई खोप वितरण गरिने उहाँले बताउनुभयो । 

कोरोना भाइरस विरुद्धको खोप स्वीकृत गर्ने रुस पहिलो राष्ट्र बनेको छ तर विभिन्न देशका वैज्ञानिकहरुले यसको प्रभावकारितामा प्रश्न उठाएका छन् र चिन्ता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठनले परीक्षणका ३ चरण पार गरिसकेका ६ वटा खोपको सूची बनाएको छ जसमा, रुसले बनाएको खोप समावेस गरिएको छैन । अहिले विश्भरी बाट १०० भन्दा बढी कोरोना भाइरस विरुद्धका खोपले परीक्षणको पहिलो चरण पार गरिसकेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार