वेलायतले बनाएको कोरोना भ्याक्सिन ३० करोड डोज उत्पादन हुने ।


प्रकाशित :श्रावण ३१, शनिबार 
रसियाले कोरोना भाइरस विरुद्धको खोप बनाउन सफलता पाएको चर्चाका बीच बेलायतले पनि कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेको छ । बेलायतको फर्मासिउटिकल कम्पनी फाइजरले कोरोना भाइरस विरुद्ध औषधि निर्माणका क्रममा प्रारम्भिक सफलता हात पारेको बताइएको छ । 

अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएअनुसार औषधिको क्लिनिकल परीक्षण, सुरक्षा र प्रभावकारीता परीक्षण सफल भएको छ । एजेन्सीका अनुसार यो सफलताको साथसाथै बेलायत सरकारले सो कम्पनीलाई ३० करोड डोज औषधी बनाउनका लागि निर्देशन पनि दिइसकेको छ । अमेरिकाका तीन भन्दा धेरै विश्वविद्यालयहरु मार्फत यस औषधीको मानव परीक्षण गरिएको थियो । परीक्षण पश्चात ती व्यक्तिहरुमा कुनै ठूला नकारात्मक प्रभाव देखिएको थिएन र रोगसँग लड्ने क्षमतामा पनि वृद्धि भएको बताइएको छ । 

विश्व स्वास्थ्य संगठनले हालसम्म ६ वटा खोपहरु आफ्नो सूचीमा राखिसकेको छ । ती सबै ६ वटा खोपहरु ले विभिन्न तहका मानव परिक्षणहरु पार गरिसकेको बताइएको छ । हाल विश्वमा सय भन्दा बढी कम्पनीहरु कोरोनाविरुद्धको खोप निर्माणमा जुटेका छन् । 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार