धरानमा चौथो पटक लक डाउन थपियो ।


प्रकाशित: भदौ १०, बुधबार, सुनसरी 
सुनसरी, धरानमा पुनः  ७ दिनका लागि लकडाउन थप गरिएको छ । गत भाद्र ३ गते देखि १० गतेसम्म तेस्रो पटक लकडाउन थपिएको थियो । आज बसेको नगर कार्यसमितिको बैठकले पुनः  ७ दिन थपेर भाद्र १७ सम्मका लागि लक डाउन  लम्ब्याएको हो ।

कोरोना संक्रमणको बढ्दो जोखिमका कारण लकडाउन लम्ब्याइएको जनाइएको छ । यसअघि खाद्यान्न तरकारी तथा अन्य अत्यावश्यक सामान खरिदबिक्री गर्न बिहान ८ बजेसम्म पसलहरू खोलिएको भएतापनि यो पटक समय बढाइ  बिहान १० बजेसम्म खोल्ने निर्णय गरिएको छ  । यातायातको सवालमा आकस्मिक सेवा प्रदान गर्ने एम्बुलेन्स, वारुण यंत्र लगायत अत्यावस्यक खाद्यान्न सामाग्री ढुवानी गर्ने सवारी साधन आवत जावत गर्न पाउने छन् ।

धरान उपमहानगरपालिकामा  लक डाउन थपिएको यो चौथो पटक हो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार